कालीकोट । कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो गाउँमा मतदान गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाको काेटीलाबासी प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिका देबि आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गरी उद्धाटन गरिएको छ। बिहान ७ बजे मतदान केन्द्रमा पुगेका प्रथम मुख्यमन्त्री शाहीले निर्वाचन आचार सँहिता पालना गरि मतदान गरिएको बताउनु भएको छ।
पचालझरना गाउँ पालिकाको लागि मुहार परिवर्तन गर्ने गरेर नेतृत्वले बिजयी हांसिल गर्ने बताउदै गाउँ घरमा स्थानीय तहबाट नेतृत्व चयन गर्ने अधिकार माओवादी जनयुद्धका कारण भएको र यसलाइ ब्यबस्थाका लागि लडेको भएपनी अब अवस्था परिवर्तनका लागि अहिले निर्वाचन हुने बताउनु भएको छ ।
गाउघरमा बिगतको बाल्यकालको स्मरण गर्दै प्रथम मुख्यमन्त्री शाहिले गाउमा बसेर अर्गानिक खाना खानुको मजा बेग्लै रहेको बताउनु भएको छ । कालीका देबि आधारभुत बिद्यालयमा २सय १७ मतदाता रहेकाे बताइएको छ ।यस मतदान केन्द्रमा मर्यादित ढंग्ले मतदान अधिकृत नरिमान सेजुवालले जानकारी दिनु भएको छ।
Discussion about this post