कालीकोट । जिल्लाको चर्चामा रहेको सहकारी संस्थाले १० जना कर्मचारी माग गरेको छ । २०६५ सालमा स्थापना भएको हिमचुलि कृषि सहकारी संस्था लि.ले उक्त संख्या कर्मचारी मागेको हो ।
हिमचुलि कृषि सहकारी संस्था लि.का मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार जिल्लाका विभिन्न सेवा कार्यालय र केन्द्रिय कार्यालयमा गरेर १० जना कर्मचारी मागेको बताउनु भएको छ ।
जिल्लाभर १० वेटा सेवा कार्यालय भएको हिमचुलि कृषि सहकारी संस्था लि.ले ३७ करोड कर्जा प्रवाह गर्नुका साथै १५ करोड बढि बचत संकलन गर्दै ४५ जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशिचन्द्र बरालको नेतृत्वमा २०६५ सालमा स्थापना भएको सहकारी संस्थाले बचत ऋण,रेमिटान्स,डेरी,सुपथ मुल्य पसल,कृषि उत्पादन तथा बजारीकरणमा काम गर्दै आएको छ ।
Discussion about this post