कालीकोट । रास्ट्रीय सभाका सदस्य नरपती सुनारले अहिलेको बजेट केवल हुने खानेहरुको पक्षमा आएको बताएका छ्न । बजेट माथी छलफलका क्रममा बोल्दै कालीकोट बाट प्रतिनिधित्व गर्ने नरपती सुनारले कर्नाली जस्तो ठाउँमा उचित किसिमको बजेट नआएको आरोप लगाउदै बिकाश निर्माणका सवालमा कर्नाली प्रदेश सरकारले केवल कार्यक्रता पोस्ने काम गरेको आरोप लगाएका छ्न । नवराज बिक लगाएत ६ जनाले ज्यान गुमाएका पिडितलाइ अहिले सम्म राहत नदिने सरकारले के गर्न सक्छ भन्ने प्रश्न गरेका छ्न ।उनले जनमुखि बजेट भए त दलितहरुले राहत पाउने हो तर बैंकको ऋण देखि अन्य अनुदानमा समेत दलितले पाउन बाट बंचित भएको बताउदै जहाँबाट सहुलियत जान्छ त्यंहा दलितको मान्छे नभएकाले दलित र पिडित जनताले राहत नपाउने गरेको बताएका छ्न ।सुनार नेकपा(एमाले)का तर्फबाट रास्ट्रीय सभा सदस्य हुन ।
Discussion about this post