कालीकोट । बिप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले हिमचुलि कृषि सहकारी संस्था लिमिटेड गरिब असाहयहरुको साहारा बनेको बताउनु भएको छ ।संस्थाले आयोजना गरेको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिबेशनमा बोल्दै सेक्रेटरी रणदिपले अहिले ग्रामीण क्षेत्रमा दुख पर्दा सहकारी सम्झिने गरेको बताउनु भएको छ । जिल्लामा सबैको हितमा उत्पादन मुलक काम गर्न समेत आग्रह गर्नु भएको छ ।सबैलाइ हिमचुली कृषि सहकारीको सदस्य भएर आत्मनिर्भर हुने र साझा सहकारीको रुपमा लिन अनुरोध गर्नु भएको छ ।
Discussion about this post