कालीकोट ।महाबै गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र शाहीले बिगतका दिनमा जनताको बिचमा गर्ने काम जिल्ला सदरमुकामको होटेलका कोठा भित्र बसेर योजना र उपभोक्ता समिती गठन गरेको स्मरण गर्दै आफुले त्यसो हुन नदिने बताएका छ्न । आज भएको छैटौं वडा सभामा अध्यक्ष शाहिले सो कुरा बताएका हुन । बजेट दिगो विकासमा लगानि गरेर समुदायको जीवन परिवर्तन गर्ने र पारदर्शी ढङ्गले गरिव निमुखा दलित आदिवासी जनजाति उत्पीडन वर्गको सरकार भयको दाबी गरेका छ्न ।शाहीले देश र जनता प्रति उतरदायि भयर काम गर्ने प्रतिबद्धता समेत गरेका छ्न ।
वडा सभाले तपसिलका योजना छनोट गरेको छ ।
१. वडामा बर्थिङ सेन्टर ।
२. जगन्नाथ आ.बि. घेरवार ।
३. बन्चुगाड सिचाई कुलो ।
४.थामखेत भैलि सैन हुदै कुडिला कृषि सडक निर्माण ।
५. सैन खानेपानी निर्माण ।
६. थामखेत कोप्त तरकारी पकेट निर्माण ।
७. थामखेत तथबन्धन
८. पादमघाट तडबन्धन ।
९. साकिरा थामखेत सिचाई कुलो ।
१०. रैचेउर सिचाई कुलो मर्मत ।
११. महादेव पिको हाइड्रो मर्मत ।
१२. साकिरा झुलङे पुल मर्मत ।
१३. जगन्नाथ आ. बि. चार कोठे भवन निर्माण ।
१४ दाइनिखोडा झुलङे पुल निर्माण ।१५. थामखेत देखि भैलि घोवा निर्माण ।
१६. थामखेत रैचेउर घवा निर्माण ।
१७. कतमपुर देखि कुडिला घोवा निर्माण
१८. थामखेत ट्रस पुल लगाएतका रहेको महाबै बाट दिपक शाहीले जनाएका छ्न ।
Discussion about this post