कालीकोट । अखिल क्रान्तिकारी कालीकोटले जनक शिक्षा सामाग्री केन्द्रले शैक्षिक क्षेत्रमा लापरबाही गरेको भन्दै कालीकोटका स्थानीय तहका शिक्षा शाखालाइ ध्यानाकर्षण पत्र बुझाएको छ ।पचालझरना गाउँ पालिका शिक्षा शाखालाइ ध्यानाकर्षण पत्र बुझाउदै अखिल क्रान्तिकारी कालीकोटका उपाध्यक्ष तपेन्द्र ऐडीले शिक्षा जस्तो क्षेत्रमा गम्भीर नभइ जनक शिक्षा सामाग्री केन्द्र पछि हटेको आरोप लगाएका छ्न ध्यानाकर्षण पत्रमा रुस युक्रेन युद्धका कारण पाठ्यपुस्तक छपाइ गर्न नसक्नु पन्छिने जुक्ती भएको आरोप लगाइएको छ ।नेकपा बिप्लव निकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष धनराज बिक द्वारा हस्ताक्षर गरिएको पत्र बुझ्दै पचालझरना गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले आफुले माथिल्लो निकायमा जानकारी गराउने बताएका छ्न ।
Discussion about this post