पलाताको दाम्डीखोला पक्की पुल अलपत्र, गाउँ पालिका अध्यक्ष रोकाय सहितको टोलि द्वारा पुल निर्माण

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउपालिका वडा नम्बर ९ मा रहेकाे दाम्डिखाेलाको अलपत्र पुल नबन्दा आवतजावतमा कठिनाइ भएपछि गाउँ पालिका अध्यक्ष रोकाया सहितको टोलिले आफै मर्मत सम्भार गरेर सहजता कायम गराएको छ।
पलाता गाउपालिका अध्यक्ष बिष्णु बहादुर राेकाया, वडा न ९ का वडा अध्यक्ष मानसिहँ बम सहितकाे टाेलिले  उक्त खाेलामा  पुल निर्माण गरेर समुदायलाइ सहजता गराएको छ । तीन बर्ष देखि दाम्डीखोला पुल लगाउन शुरु गरेको भएपनी अलपत्र रहेको छ ।
सुपरस्टार निर्माण सेवाले कामको जिम्मा लिएको तर पुर्ण रुपमा सम्पन्न नभएपछि अहिले स्थानीयलाई आवतजावत गर्न कठिनाई भएको छ ।पलाताका नागरिक लाई हिडन कठिन भयो तर पक्की पुलका पिल्लर मात्र रहेको बताउदै वडा न ९ का वडा अध्यक्ष मानसिहँ बमले कामको जिम्मा लिएकी तारा शाहले अधुरो राखेकाले स्थानीय सरकारले गम्भीर रुपमा लिएको बताए । उनले भने तीन वर्ष सम्म एउटा पिल्लर मात्र बनाउने हो ठेक्का लिनुको अर्थ नभएको बताए ।
अहिले सम्म पुलकाे एउटा पिल्लर मात्र छ बमले जनतालाइ बर्सेनि सास्ती खेप्नु परेको स्मरण गर्दै अहिले पुल बनाउने परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित