हिमचुलि सहकारीले हेलो बचत कार्यक्रम संचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी क्षेत्रमा भिन्न पहिचान बोकेको कालीकोटको सबै भन्दा ठुलो व्यवसायि सहकारी संस्थाले जिल्लाका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन र कमाएको रकम सहकारीमा बचत गर्न हेलो बचत कार्यक्रम संचलन गर्ने भएको छ ।

भर्खरै सम्पन्न संस्थाको १३ औं वार्षिक साधारण सभाले वित्तिय पहुंच बृद्धि गर्न र सदस्यहरुलाई कमाएको ५ प्रतिशत रकम सहकारीको खातामा राख्न वाताबरण कायम गर्न हेलो बचत कार्यक्रम अघि बढाउन लागेको संस्थाका अध्यक्ष कालि बहादुर महताराले बताए । उनले भने संस्थाका सबै सदस्यहरु बचत भन्दा बाहिर रहने गरेको र जिल्ला भर १४ हजार सदस्यहरुले मात्र बचतमा सहभागि भएकाले यस वर्ष २५ प्रतिशत बृद्धि गरेर १८ हजार सदस्यलाई बचतमा सहभागि गराउने बताएका छन ।

सदस्यहरुलाई बचतमा सहभागि नभएको अवस्थामा कर्मचारीले फोन गरेर बचत गर्न लगाउनका लागि हेलो बचत कार्यक्रम प्रभावकारी हुने संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यको भनाई रहेको छ । उनका अनुसार २०६५ सालमा स्थापना भएको हिमचुलि कृषि सहकारी संस्था लि.का हाल जिल्ला भर ९ वटा सेवा कार्यालय रहेका छन भने ३७ करोडको हाराहारीमा कर्जा प्रवाह र १६ करोड बचत रहेको बताउदै संस्थाले कृषि उत्पादन तथा बजारीकरणमा काम गर्दै आएको छ ।

संस्थाले अहिले सहकारी सुपथ मुल्य पसल,एग्रोभेट,दुध डेरी,कोल्ड स्टोर लगाएतका काम गर्दै आएको बताइएको छ ।संस्थामा हाल ५० जना कर्मचारी रहेको बताइएको छ । जिल्ला बाहिर कार्यक्षेत्र विस्तारका लागि प्रक्रिया अघि बढेको संस्थाका सचिव पौरख विकले बताए । उनले भने कालीकोट मात्रै नभई कर्नालि प्रदेश भर कार्यक्षेत्र विस्तार गरेर कार्यक्रम अघि बढाउने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित