कालीकोट । नेकपा( माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपाल कालीकोटले आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रित अभियान संचालन गर्ने भएको छ ।सोमबार जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला संयोजक हस्त शाहीको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)कालीकोटका इन्चार्ज बिष्णु बिकको प्रमुख आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ ।
जिल्ला कमिटी सदस्य तथा प्रदेश कमिटीका सदस्य उपस्थित बैठकमा पार्टी जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंको समेत उपस्थिति रहेको बताइएको छ ।
वाइसीएल नेपाल कर्नाली प्रदेश सदस्य धिरेन्द्र बिकका अनुसार अहिले सम्म वाइसीएल कालीकोटले खेलेको भुमिकाका बारेमा आफ्नो कार्यक्षेत्र बाट रिपोर्ट राख्ने काम भएको र सो रिपोर्ट माथी छलफल गर्दै जिल्ला इन्चार्ज बिष्णु बिकले आगामी कार्यभार युबाको कांधमा आएको र त्यो पूरा गर्ने बताउदै निर्वाचन केन्द्रित गाउँ गाउम अभियान संचालन गर्न निर्देशन दिएको बताए ।
बैठकले आगामी महिना हुने वाइसीएलको रास्ट्रीय भेला सम्पन्न गर्न प्रतिनिधि छनोट गर्ने,उत्पादनका कामलाइ बढाउने र विभिन्न निकायमा भएका भस्ट्राचार लाइ न्यूनीकरण गर्न अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला संयोजक शाहिले बताए ।
Discussion about this post