कालीकोट । जिल्लाको स्याउ उत्पादन हुने तिलागुफा नगरपालिकाका विभिन्न ठाउँका कृषकका बारीमा व्यापारीहरुको पुगेका छन । विगत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन बढेको र उक्त स्याउ खरिद गर्न व्यापारीहरु बारीमा पुगेको बताइएको छ ।
कालीकोटको फोइमहादेव,रांचुलि लगाएतका ठाउँमा स्याउ बारीमा व्यापारीहरु कृषकको बारीमा पुगेपछि उत्साह थपिएको छ । जुम्ला जिल्लाका विभिन्न ठाउँमा व्यापारी पुगेको धन बहादुर बुढाले बताए । अहिले चन्दनाथ नगरपालिका स्थित खलाचौर,मिचामा स्याउबारीमा व्यापारी पुगेपछि कृषकहरुले मुल्य पाउने स्थानियले बताए । कालीकोट जिल्लाको कृषकहरुले स्याउ टिप्न ढिला गरेपनि जूम्लामा भने स्याउ टिप्न शुरु भएको बुढाको भनाई रहेको छ ।
कालीकोट जिल्लाका स्याउ बारीमा खरिदका लागि पुगेको तिलागुफाका स्थानिय व्यापारी धनकृष्ण न्यौपानेका अनुसार होलसेलमा स्याउ विक्रि गर्न कृषकहरु आतुर भएको र त्यसको व्यवस्थापन गर्न स्थानिय तथा बाह्य व्यापारीहरुको घुंइचो लागेको बताइएको छ ।
विगत वर्षमा कृषि विकास कार्यालय जुम्लाको सहजिकरणमा जिल्ला सहकारी संघले व्यवस्थापन गर्दै आएकोमा यस वर्ष भने सुनुवाई हुन नसकेको बताइएको छ ।
कालीकोट जिल्लामा स्याउको निर्यात संबन्धि विवरण राख्ने कार्य भए संगै यस वर्ष जिल्ला बाहिर पैठारीको अवस्थाका बारेमा कृषि विकास कार्यालय लागि परेको बताइएको छ ।
Discussion about this post