माओवादी केन्द्र कालीकोटका कुन नेतालाई कहाँबाट सिफारिस ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले प्रदेश निर्वाचन क्षेत्र क बाट दुर्ग बहादुर रावत र प्रदेश निर्वाचन क्षेत्र ख बाट जिवन बुढालाई सर्वसम्मत गरेको छ । संघिय निर्वाचन क्षेत्रमा भने चार जनाको नाम सिफारिस गरेको बताइएको छ ।

संघिय सांसदका लागि विष्णु विक,काशि चन्द्र बराल,लक्ष्मि प्रसाद चौलागाई र महेन्द्र बहादुर शाहीलाई सिफारिस गरेको छ । सुर्खेतमा लामो समय सम्म बसेको बैठकले समानुपातिक तर्फ(संघ) पिछडिएको क्षेत्रबाट गंगा खड्का,तुलराज विक(दलित) र खस आर्य तर्फ मान बहादुर भण्डारी रहेका छन भने प्रदेश निर्वाचन क्षेत्र क बाट यशोदा न्यौपाने र प्रदेश निर्वाचन क्षेत्र ख बाट मिठु शाही,हजा सुनार र भानु भक्त संज्याललाई सिफारिस गरेको बताइएको छ ।

नेकपा(माओवादी केन्द्र)को कालीकोट जिल्लाको बैठकले व्यापक मात्रामा छलफल गरेर एकताको सन्देश दिएको र सोही जिल्लामा अघि बढ्ने नेताहरुले सामुहिक प्रतिवद्धता गरेको बैठकमा सहभागि काशिचन्द्र बरालले बताएका छन । उनका अनुसार गठबन्धन दलहरु संगको सहमति सहकार्यमा अघि बढ्ने उम्मेद्धारको सहजता हुने बताइएको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई शैलेन्द्रका अनुसार व्यापक बहस छलफल भएपनि अन्तिममा साझा सहमति भएको बताए । उनले भने सोही अनुसार गठबन्धन दलहरु संग छलफल गर्दै सहमतिमा अघि बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित