निर्वाचन बिशेष: त्रिपक्षिय भिडन्त ! को हुन महेन्द्र बहादुर शाही ?के छ अवस्था नगिन्द्र शाही र काशिचन्द्र बराल ?

7
SHARES
15
VIEWS

कालीकोट । विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका ९ साबिकको नानीकोट–८, कोटिलागाउँ निवासी हुन् ।

कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ’ख’ बाट निर्वाचित प्रदेशसभा सांसद हुन । सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको अध्ययन एसएलसीसम्म छ । माओवादी केन्द्रभित्र इमान्दार नेताका रुपमा छवि बनाएका महेन्द्र बहादुर शाही २०७० सालको संविधानसभा चुनावमा कालिकोट क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । माओवादीका जनमुक्ति सेना नेपालका सातौं डिभिजन कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला,ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

देउवा सरकारमा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउन प्रतिवद्धता गरेका थिए । राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिइ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बनेका थिए । महेन्द्रबहादुर शाहीको जन्म बि.सं २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको अत्यन्तै बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा मध्यमबर्गीय परिवारमा भएको हो । प्रथम मुख्यमन्त्रि भएका महेन्द्र बहादुर शा्हीको बाबुको नाम लाल बहादुर शाही र आमाको नाम रणकौडा शाही हो । उनकी श्रीमतीको नाम चन्द्राकुमारी शाही हो । उनका दुई छोरी र एउटा छोरा छन् । उनी २ बर्ष कै हुँदा उनका बुवाको देहान्त भएको थियो ।

शिक्षा र अनुभव :

०५२ सालको जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । हाल नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य र  जुम्ला,मुगु,हुम्ला र कालीकोटको इन्चार्ज  समेत हुन । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । आफूलाई पढाउने शिक्षकहरुको सल्लाह अनुसार उनले वि.स. २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । कतिबेला कहाँ गएर युद्ध लडौं भनेर रातो रगत तातेका बेलामा २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात गयो, तब उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।

कर्नाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य भुमिकामा रहेर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुले ।

राजनीतिक यात्रा :

गाउघरमा देखिएको सामाजिक असमानता, अन्तर्बिरोध, समाजका टाठा,बाठाको हाली,मुहाली, जातीय बिभेद र शोषण, गरीव(निमुखामाथि गरिएको अत्याचारको पराकाष्ठावाट राजनीतिमा लागेका शाहीको राजनैतिक यात्रा यस प्रकार रहेको छ ।

२०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीति यात्रा शुरु ।
२०४९ सालमा प्रहरी वारेन्ट जारी ।
२०५२ वाट भुमिगत र शशत्र जनयुध्दमा सामेल ।
२०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि जनमुक्ति सेनाको जिवनमा प्रवेश ।
राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै जनयुद्धमा सरिक ।
पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह ।
सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका थिए ।
२०७० को संविधाननसभा निर्वाचनमा कालिकोट निर्वाचन क्षेत्र वाट प्रत्यक्ष निर्वाचित संविधाननसभा सदस्य हुन।
संविधाननसभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह ।
माओवादी केन्द्र तेस्रो शक्ती भएतापनि संविधान निर्माणमा बिभिन्न प्रकारका चुनौतीहरुको समाना गर्नको लागि अग्रणी भूमिका निर्वाह ।
राज्यसताभित्र रहेको बिभिन्न बिकृतीहरु, बिसँगतीहरु र भ्रष्ठचारजन्य मामिलाका बिरुद्धमा शशक्त ढङ्गले लडदै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेको ।
२०७४ को प्रदेश निर्वाचनमा कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ’ख’बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै कर्नालि प्रदेश का प्रथम मुख्यमन्त्रीको जिम्मेवारी समालेका थिए।

नेकपा (माओवादी)मा विभाजन आएपछि पार्टीका लोकप्रिय नेताहरु खडग बहादुर विक(प्रकाण्ड)भरत बम(रणविर) र एटम विसि लगाएतका नेताहरु बैद्य समुहमा लागेपछि महेन्द्र बहादुर शाहीले अवसर पाएका हुन । उनि जस्तै जिल्लाको नेतृत्व हाक्ने नेताको अभाव नभएपनि स्तरका हिसावले राजनैतिक क्षेत्रमा अग्रसर भएका दुर्ग बहादुर रावत,अनिपाल शाही,काशिचन्द्र बराल लगाएतका नेताहरुले लामो छलफल पछि २०७०को दोस्रो संविधान सभाको निर्वाचनमा सभाषदका लागि सर्वसम्मत छानिएका उम्मेद्धार हुन । उनले विजयि भएपछि उर्जामन्त्रिको जिम्मेवारी पाएपछि एका एक चर्चामा आएका हुन ।
उनका विरुद्ध नेकपा केपि शर्मा ओलि पक्षधर यामला कर्णेलले अविश्वासको प्रस्ताव ल्याए संगै उनको पद धरापमा पर्ने अवस्था आएपनि माधव नेपाल पक्षले दिएको सहमतिमा उनको पद जोगिएको थियो ।उनले कर्नालि प्रदेशमा विभिन्न रचनात्मक काम गर्दै आएका छन । उनले राउतेलाई जिवन निर्वाहका लागि भत्ता,जनयुद्धका घाइते अपांगहरुलाई व्यवस्थापन, कृषिमा प्रदेशलाई अर्गानिक अभियान लगाएतका कामका साथै मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट निकै चर्चामा रहेका छन । कर्नालि प्रदेशको आर्थिक सम्बृद्धि र सुखारी कर्नालि बासिको नारा अघि सारेर चर्चित काम गर्दै आएको दाबी गरेपनी भने जस्तो ग्रीन प्रदेश देखि दुई लेनको बाटो लगाएतका काम भने उनको कार्यकालमा अधुरो रह्यो ।

प्रथम मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमाआफ्ना निकट मानिएका निश्चित मानिसहरुलाई आफु निकट राखेर काम गर्दै आएको आरोप नलागेको पनि होइन । उनले जिल्लामा आफ्नो नजिक राखेर बिभिन्न योजना देखि हरेक काममा पक्षपात गरेको चर्चा चल्ने गरेको छ । यति बेला तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका ४ जना मध्ये बिष्णु बहादुर बिकलाइ परेको चिट्ठा आफ्नो हात पार्न सफल भएका छ्न ।उनले जिल्ला इन्चार्ज बिस्णु बिकलाइ समानुपातिक सुचिमा ढुक्क हुन भने संगै उनी उम्मेदवार बन्न सफल भएका हुन । जिल्लामा व्यापक असन्तुष्टि भएपनी उनले टिकट ल्याएरै छाडे । उनका विरुद्ध केन्द्रिय लेखा आयोग सदस्य काशी चन्द्र बराल बागी उठे संगै उनलाइ चुनौती थपिएको छ ।जिल्लामा गठबन्धनको नाम दिएपनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिश्वराज बमले प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु र संघीय निर्वाचन क्षेत्रमा काशिचन्द्र बराल बागी उठ्नुले चुनौती थपिएको नेताहरुले बताएका छ्न ।बुधबार भएको छलफलमा काशिचन्द्र बराललाइ माओवादी अध्यक्ष प्रचण्ड,उम्मेदवार महेन्द्र बहादुर शाही,प्रदेश इन्चार्ज काली बहादुर मल्ल,उपमहासचिब शक्ति बस्नेत लगाएतका  जिल्लाका नेताहरु जीवन बुढा,दुर्ग रावत,धनजित शाही लगाएतका नेता तथा कार्यक्रताहरुको दबाब आएपनी पछि नहटे पछि चुनावी मैदानमा अघि बढेका हुन ।अब जिल्ला स्तरमा नेकपा एमालेका नगेन्द्र शाही, माओवादीका महेन्द्र शाही ,स्वतन्त्र काशी चन्द्र बराल, राप्रपाका धन बहादुर बुढा,नेमकिपाका खड्गराज शाही बिच प्रतिस्पर्धा हुने भएको छ । अहिले नगेन्द्र शाहीको चिठ्ठा पर्ने विश्लेषण हुन थालेको छ ।नेकपा एमालेले  सत्ता गठबन्धनमा आएको भांडभैलोले आफुलाइ फाइदा हुने संकेत गरेको छ भने सत्ता गठबन्धन दलका नेताहरुले गएको प्रतिनिधि सभा तथा प्रदेश सभामा नेपाली कांग्रेस  र एमाले माओवादी गठबन्धन ताका आएको मतले अग्रस्थानमा रहेको र बागी उम्मेदवारले कुनै असर नपर्ने जिकिर गर्न थालिएको छ । माओवादी केन्द्र भित्र पनि लगातार एकै जनाले कहिले संघ त कहिले प्रदेशमा नेतृत्व गरेर सरकारमा जानुले कार्यक्रता पंक्तिमा असन्तुष्टि भने व्यापक मात्रमा रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित