माओवादी केन्द्र कालीकोटले बैठकका निर्णय सार्बजनिक

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) कालीकोटको बैठकले गरेका निर्णय सार्बजनिक गरेको छ ।असोज ३१ र कात्तिक १ गते बसेको जिल्लाको बिस्तारीत बैठकले लिएका निर्णयका बारेमा जानकारी गरेको हो ।

जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बिष्णु बिक,प्रदेश सचिब धनजित शाही र जिल्ला संयोजक लक्ष्मी चौलागाइको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गरिएको हो ।पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य जीवन बुढाको संयोजकत्वमा १ हजार एक सय ११ सदस्य निर्वाचन परिचालन समिती गठन संगै वडा  देखि प्रदेश निर्वाचन क्षेत्र सम्म निर्वाचन परिचालन समिती गठन गर्ने र पार्टीक बागी(स्वतन्त्र )उम्मेदवारलाई कात्तिक ४ गते सम्म अन्तिम समयका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने समेत बताइएको छ ।

पार्टी केन्द्रको सत्ता गठबन्धन दलहरु प्रतिबद्ध रहने निर्णय समेत गरेको बताइएको छ ।

पत्रकार सम्मेलनमा  पत्रकारहरु जिज्ञासाका बारेमा पार्टी केन्द्रिय सदस्य बिष्णु बिकले पार्टी भित्र बागी भएपनी सत्ता गठबन्धन दल र पार्टी नेता कार्यक्रता एक ढिक्का भएकाले लोकतान्त्रिक गठबन्धनको जित हुने ठोकुवा गर्दै पार्टी नेतृत्वको बिकाश गर्नु अहिलेको आबस्यक्ता भएकाले लगातार नेतृत्वमा लिनु परेको बताए । जिल्लाको समग्र बिकाशलाइ बिगतको साथै आगामी कार्यकालमा तिब्रता दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित