प्रचण्ड द्वारा कालीकोटका दुई स्थानमा चुनावी सभालाइ सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन दललाइ जिताउन प्रचण्ड कालीकोट आउने भएका छ्न ।जिल्ला सदरमुकाम मान्म र रास्कोटमा हुने जनसभालाई सम्बोधन गर्न कालीकोट आउने बताइएको छ ।नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं(शैलेन्द्र)का अनुसार गठबन्धन दलको सयुंक्त आयोजनामा कात्तिक २२ गते दुई ठाउँमा हुने चुनावी जनसभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको बताउदै त्यसका लागि नेता तथा कार्यक्रता तयारीमा लागेको बताए ।सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुर्ण बहादुर खड्काको समेत उपस्थिति रहने बताइएको छ । यस अघि स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कालीकोटका पलाता,पचालझरना,रास्कोटमा जनसभालाइ सम्बोधन गरेका थिए ।अध्यक्ष प्रचण्डले सम्बोधन गरेका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवारले बिजयी हांसिल गरेका थिए ।यस पटक कालीकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भए संगै प्रतिनिधि सभामा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य महेन्द्र बहादुर शाही र प्रदेश सभा निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका उम्मेदवार दुर्ग बहादुर रावत र प्रदेश सभा निर्वाचन क्षेत्र ख मा नेपाली कांग्रेसका उम्मेदवार हिक्मत बिस्ट रहेका छ्न ।एकीकृत समाजवादीले प्रदेश सभा निर्वाचन ख मा जिल्ला अध्यक्ष बिस्वराज बमको उम्मेदवार रहेको छ भने प्रतिनिधि सभामा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिए संगै यस पटकको निर्वाचन रस्साकस्सी हुने बताइएको छ ।उता नेकपा(एमाले)का प्रतिनिधि सभाका उम्मेदवार नगिन्द्र शाहीले आफ्नो जित हुने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित