रास्कोटले नगर प्रहरी भर्ना गर्दै

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगर सरकारले सुरक्षाका लागि नगर प्रहरी भर्ना गर्ने भएको छ ।नगर प्रहरीका लागि ८ जना खुला,३ महिला,दुई दलित र दुई जना सहिद घरपरिवारबाट गरेर १५ जनाको एक टुकडी नगर प्रहरी भर्ना गर्न सुचना जारी गरिएको छ । रास्कोट नगर पालिका प्रमुख धर्मराज शाहीले पछिल्लो समय रास्कोट नगरपालिकामा चोरी डकैतीका घटना बढ्न थालेको र उक्त घटना क्रमलाइ प्रहरी जनशक्तिले धान्न नसक्ने भएकाले यस अघि बनाइएको नगर प्रहरी कार्यबिधी २०७९ अनुसार उक्त बिज्ञापन खोलिएको बताइएको छ ।रास्कोट नगर पालिकाका निमित्त प्रशासकिय प्रमुख जवानसिंह बमले नगर प्रहरीका लागि स्वास्थ्य परिक्षण सहित लिखित तथा अन्तरबार्ता लिने बताए ।बमका अनुसार नगर प्रहरी करार सेवाका लाही १५ दिन भित्र दरखास्तका लागि सुचना प्रकासित गरिएको बताइएको छ ।रास्कोट नगर प्रहरी भर्नाले सिंगो कर्नाली प्रदेशका लागि नयाँ हुने बताइएको छ । यस अघि तत्कालीन नगर प्रमुख काशिचन्द्र बरालले रास्कोट श्रम बैंकको स्थापना गरेर तीन सय बढी युबालाइ रोजगारी प्रदान गरेका थिए ।पछिल्लो समय श्रम बैंकको उचित ब्यबस्थापन अभाबमा त्यसलाइ निरन्तरता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित