कालीकोट । नरहरिनाथमा डेरी संचालनमा ल्याइएको छ ।दूध दहिको नमुना क्षेत्र मानिएको नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर ३ कुमालगाउंमा नमुना डेरी उद्घाटन गरिएको हो ।
आइएनएफ नेपालको सहयोगमा नमुना स्वावलम्वन समुह द्वारा संचालित डेरीको आज जिल्ला समन्वय प्रमुख धनजित शाहीले उद्घाटन गरेका छ्न ।
डेरी उद्योग उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख धनजित शाहीले पशुपालनको क्षेत्र भएकाले दुधदहिको ब्यबस्थापन गर्न र रोजगारी सृजना गरी आम्दानी बढाउन अनुरोध गरेका छ्न ।
उक्त डेरीले दुध,दही,महि,पनिर छुर्पीको उत्पादन गर्ने समुहका अध्यक्ष हर्ष बुढाले बताए ।उनका अनुसार आईएनएफ नेपालको कुल लागत ८ लाख ७६ हजार एक सय १५ र समुहको स्वलगानी ४५ हजार एक ५५ सहयोग गरी नौ लाख २१ हजार २ सय ७० रुपैयाँमा डेरी उद्योग शुरूवात भएको छ ।
नमुना डेरी उद्घाटन कार्यक्रममा नरहरिनाथ गाउँ पालिका अध्यक्ष नगेन्द्र बिस्ट,उपाध्यक्ष कमल शाह लगाएत वडाध्यक्षहरुको सहभागिता रहेको बताइएको छ ।
डेरी संचालनमा आएपछि कृषकहरुमा खुशियाली छाएको छ ।स्थानीय कृषक शान्ती बुढाले आफुहरुले भैंसी पालन गरेर दूध,दहि मोहि र घ्यूले बजार नपाएको अवस्थामा डेरी संचालन भएसंगै उचित मुल्य पाउने र दूध दहि कहाँ लिएर बिक्रि गर्ने हो भन्ने समस्या अब नरहेको बताइन ।
यस अघि जिल्ला सदरमुकाम मान्ममा मात्र डेरी संचालनमा ल्याइएको थियो ।
Discussion about this post