पचालझरनाले शुरु गर्यो जनप्रतिनिधिहरुलाई क्षमता अभिबृद्धि

7
SHARES
15
VIEWS

कालीकोट । जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको ६ महिना पछि क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ ।

पचालझरना गाउँ पालिकाले आयोजना गरेको तालिममा वडा सदस्य देखि अध्यक्ष,गाउँ पालिका उपाध्यक्ष तथा अध्यक्षको उपस्थिति रहेको छ ।पचालझरना गाउँ पालिका प्रवक्ता प्रभुजन संज्यालले दिएको जानकारी अनुसार आइतवार देखि सोमबार अर्थात फागुन ३० गते सम्म हुने कार्यक्रममा स्थानिय सरकार संचालन ऐन,मापदण्डका साथै गाउँ पालिकाले तय गरेका विभिन्न कार्यविधि र जनप्रतिनिधिहरुको काम कर्तव्य र अधिकारका बारेमा सहजिकरण हुने बताए ।

सो कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख मिना रावतको विशेष उपस्थितिमा तालिम संचालन गरिएको बताइएको छ । जनप्रतिनिधिहरुले गएको साउन देखिका अनुभव तथा आगामि कामकार्वाहीका बारेमा व्यापक छलफल गरी जनतालाई सेवा कसरी दिने र विकास निर्माणलाई गुणात्मक्ता कसरी दिन सकिन्छ भन्ने बारेमा व्यापक रुपमा छलफल बहस हुने पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही(अग्नि)ले बताएका छन ।

यस अघि महाबै गाउँ पालिकाले नवनिर्वाचित जनप्रतिनिधिलाई कानुनि प्रक्रियाका बारेमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित