माल्कोटमा प्रतिरोध गर्ने महिलालाइ सम्मान

7
SHARES
15
VIEWS

कालिकोट । जनयुद्धका समयमा प्रहरीको हतियार खोसेर जनसेनालाइ  बुझाउने र जनदमनको प्रतिरोध गर्ने माल्कोटी महिलालाई सम्मान गरिएको छ ।नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी)कालिकोटको दोस्रो जिल्ला भेलाका क्रमा आज माल्कोटमा सम्मान गरिएको हो ।अनेमसंघ(क्रान्तिकारी) कालिकोट अध्यक्ष मिठु बमको अध्यक्षतामा भएको भेलामा अनेमसंघ(क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा शुरु भएको भेलामा कालिकोट जिल्लाका महिलाहरु उपस्थिति भएका छ्न । सो भेलामा केन्द्रिय उपाध्यक्ष दामा शर्मा,नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिष्णु बि क,माओवादी केन्द्रका प्रदेस सचिव धन्जित शाही, जिल्ला संयोजक लक्ष्मि चौलागाई,बैकल्पिक केन्द्रिय सदस्य गंगा खड्का,वाइसिएल केन्द्रीय सचीव मिम्सरा बम(शाही),महिला संघका जिल्ला इन्चार्ज अल्किना बम लगाएतका नेताहरुको सहभागिता रहेको कार्यक्रममा बिथलडांडामा भएको लडाईमा प्रतिरोध गर्ने क्रममा ज्यानको बलिदानी गर्नुहुने सहिद काली,गोरिकला बिकका परिवारलाइ सम्मान गरिएको हो ।

त्यसै गरी प्रतिरोधका क्रममा निहत्था महिलाहरुलाइ समेत सम्मान गरिएको बताइएको छ ।जसमा सम्मानित हुनेहरुमा नरहरिनाथ ६ निवासि बिजा बि क,पुना बि क , राइले बि क,धनसरा बिक,प्याउकला बि क, मनसरा बिक ,लुति बिक र देब शाही रहेको बताइएको छ ।

सम्मेलनले नयाँ नेतृत्व गर्ने बताइएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कालिकोटे महिलाले गरेको बलिदानले संघीयता आएको र  सो को  रक्षा गर्नु पर्नेमा जोड दिदै हामिले देशभर प्रतिरोध दिवश मनाउदै आएको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित