बकालिकोट ।नेकपा(माओवादी केन्द्र) कालिकोटले नव वर्ष २०७९ को बिदाइ तथा २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशका सचीव धनजित शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पार्टीका आन्तरिक कमिटीका पदाधिकारीहरुको सहभागितामा शुभकामना आदानप्रदान गरिएको बताइएको छ ।
जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय लेखा आयोग सदस्य तथा खांडाचक्र नगरपालिका उपप्रमुख गणेश शाही लगाएतका जनप्रतिनिधि सहित नेता कार्यक्रताहरुको सहभागिता रहेको जिल्ला समन्वय सदस्य अर्पण परियारले बताएका छ्न ।उनका अनुसार सो कार्यक्रममा पार्टीले संचालन गरेको दुई महिने अभियानको समीक्षा समेत गरिएको बताइएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटी सचिब धनजित शाहीले २०७९ सालका राम्रा कामको सिको गर्दै आगामी वर्ष अधुरा रहेका काम पूरा हुने बिश्वास ब्यक्त गरेका छ्न ।
Discussion about this post