कालिकोट । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) गाउँ समितिको अध्यक्षमा पुर्ब शिक्षक नेता जयचन्द्र अधिकारी(भुपाल)लाई गाउँ समिति अध्यक्षमा सर्बसम्मत गरिएको छ ।
आज मंगलबार भएको दोस्रो गाउँ सम्मेलनबाट अध्यक्षमा सर्बसम्मत गरिएको हो । नेकपा(माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य तुलराज विक(दैलेखी)को प्रमुख अतिथिमा भएको सम्मेलनमा अर्का बैकल्पिक केन्द्रिय सदस्य मुन बहादुर सिहं र पार्टी प्रदेश समिति सदस्य खेम वहादुर सिंह र दुर्गा काफ्ले लगाएतका नेताह्रुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको बताइएको छ ।
उक्त सम्मेलनमार्फत उपाध्यक्ष दिर्घ शाही,भिम बहादुर सिंह,मनोज शाही सचीव गम्भीर शाही,सहसचिव सुनिल सिंह,रति बिक,मनसुर बिक,कोषाध्यक्ष सृजना शाही लगाएत ५५ सदस्य गाउँ समिति गठन भएको बताइएको छ ।
नेकपा(माओवादी केन्द्र)ले संचालन गरेको बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियान अन्तरगत जिल्लामा अभियान सफल गरे संगै विभिन्न पालिकाका गाउँ भेला तथा सम्मेलन गर्दै संगठन नेतृत्व फेरबदल गरेको हो ।यस अघि महाबै गाउँ समिति अध्यक्षमा हर्क बहादुर शाही रहेका थिए । उनी द्वन्द्व पिडित शिक्षक बाट पुनरबहाली भएपछी पुन एक वर्ष भित्र दोस्रो गाउँ सम्मेलन गरिएको प्रेस कर्मी सत्य रोकायाले जानकारी दिएका छन ।
जिल्लाका तिलागुफा,पलाता,महाबै र पलाता गाउँ पालिकामा नेतृत्व परिबर्तन गरेको जिल्ला संयोजक लक्ष्मी चौलागाईं(शैलेन्द्र)ले बताए । उनका अनुसार अधिकांंस स्थानीय तहमा नेतृत्व परिबर्तन गरिने र जिल्लामा पनि सोही अनुसार हुने बताएका छन ।
Discussion about this post