Skip

News Portal

  • तिलागुफामा “नरेन्द्र स्मृति कप”भलिबल प्रतियोगिता शुरु

    कर्नालीसंचार संवाददाता१९ जेष्ठ
    २३९ पटक
    १९ जेष्ठ

    कालीकोट । पूर्व राष्ट्रिय खेलाडी स्वर्गिय नरेन्द्र शाहीको सम्झनामा हरेक वर्ष संचालन हुदै आएको नरेन्द्र स्मृति कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

    शुक्रबार (आज) एक कार्यक्रमका बिच प्रतियोगिता शुरु भएको हो। तिलागुफा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाही, भलिबत संघका पूर्व केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाही,तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाही , विभिन्न राजनीतिक दलका प्रमुख, जनप्रतिनिधी ,खेलाड तथा समुदायको उपस्थितिमा भएको  कार्यक्रममा ८ वटा खेलाडीको समुहहरूको सहभागिता रहेको बताइएकाे छ।

    तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीका अनुसार तिलागुफा बाट राष्ट्रिय खेलमा सहभागिहरुलाई  सम्मान समेत गरिएको बताए ।खेलमा  सहभागीहरुलाई मेडल सहितको पुरुस्कार समेत प्रदान गरिने कार्यक्रम रहेको बताइएको छ।

    खेलको उद्घाटनका क्रममा समन्वय प्रमुख धनजित शाहीले स्वर्गिय नरेन्द्र शाहीले खेल क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै तिलागुफा नगरपालिकाले  सम्झनेकोमा धन्यावाद दिएकी छन।

    प्रतिकृया दिनुहोस्