Skip

News Portal

  • पलाताका राहत शिक्षक संगठित,जनन्त विक अध्यक्षमा सर्वसम्मत

    रुपेन्द्र ऐडी१४ भाद्र
    ३२१ पटक
    १४ भाद्र

    कालीकोट । पलाता गाउँ पालिकाका राहत शिक्षक संगठित भएका छन। पलाता गाउँ पालिकामा कार्यरत राहत शिक्षकहरुको पहिलो अधिवेशन तथा बैठकले जनन्त विकको  अध्यक्षतामा १५ सदस्य पालिक स्तरका नेपाल राहत शिक्षक समिति गठन गरिएको हो।

    पलाताको राडुनेटामा भएको प्रथम अधिवेशनमा समितिका मिनराज वमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पलाता शिक्षा शाखा प्रमुख कल भण्डारी ,राहत शिक्षक समिति जिल्ला सचिव धनकर्ण विकको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकर्मि धन बहादुर  शार्कीले बताए ।

    नवनिर्वाचित समितिलाई सम्पूर्ण कागजजातहरु हस्तान्तरण गर्दै जिल्ला सचिव विश्वकर्माले कार्यकाल सफलताको शुभकामना दिएका छन। पलाताका शिक्षकको हकहितको लागि नवनिर्वाचित समिति निरन्तर लागि पर्ने बताउदै अध्यक्ष जनन्त विकले प्रतिवद्धता जनाएका छन।

    प्रतिकृया दिनुहोस्