कालीकोटका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी/कालीकोट । पहिलो पटक किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ । जििल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका किशोरीहरुलाई उक्त खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ कार्यालय कालीकोृटले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा एचपिभि खोप लगाइने जानकारी गरिएको छ । जिल्लाभरका ९ हजार दूई सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप(एचपीभी) लगाइने जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा जिल्लाका सबै विद्यालयहरुबाट विरण संकलन गरिएको र उक्त विवरण अनुसार कक्षा ६ देखि १० सम्मका बिद्यालयमा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेको १० बर्ष देखि १४ बर्षका किशोरीहरुलाई उक्त खोप लगाइने छ । जसका लागि सबै प्रक्रिया पुरा भएकोे र एक सय ५२ स्वास्थ्य कर्मी, तिन सय चार जना स्वयमसेवक सहित एक सय ५२ वटा खोप केन्द्र रहको जनस्वास्थ्या कार्यालय कालीकोटले जनाएको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर जिल्लाका पलांता, पचालझरना,रास्कोट लगाएतका स्थानिय तहमा माघ २२ गते देखि २४ गते सम्म खोप लगाइने छ भने दोस्रो चरण माघ २७ गते देखि २९ गते सम्म खाँडाचक्र,नरहरीनाथ र शुभकालीकामा खोप संचालन गरिने कार्यतालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन । त्यसैगरी तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप दिइ सम्पन्न गरिने बताइएको छ ।

सो अभिमूखिकरण कार्यक्रममा खाँडाचक्र नगर उपप्रमुख गणेश ब.शाही, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, स्वास्थ्य सेवा ब्यवस्थापक डा.भिष्म पोखरेल लगाएतले खोप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित