कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासकिय भवन औपचारिक रुपमा उद्घाटन गरिएको छ । कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा संघिय सांसद महेन्द्र बहादुर शाहीले रिबन काटेर उद्घाटन गरेका छन ।
पचालझरना गाउँ पालिका को पडेक्षामा गएको आर्थिक बर्ष २०७९/२०८० मा सम्पन्न भएको उक्त भवनको उद्घाटन भए संगै अब प्रशासनिक काम कार्वाही सोही भवन बाट शुरु हुने भएका छन । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा भएको प्रशासकिय भवनको उद्घाटन गरिएको छ।
नासा निर्माण सेवाले जिम्मा लिएर २०७८ साल भाद्र २९ गते सिलान्यास भएको उक्त भवन तोकीएको समय अषाढ महिना भित्र सम्पन्न भएको हो। उक्त प्रशासकिय भवनको कूल लागत तिन करोड ७९ लाख ९५ हजार छ सय उनानसय रुपैया ३६ पैशामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले जानकारी दिएका छन।
Discussion about this post