कालीकोट । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा अभियानका महावै इन्चार्ज ललित परियारले तिन महिने अभियानले जनताका आशा अपेक्षा र प्रचण्डको नेतृत्वको सरकारले थालेको शुसासन स्थापित गर्न अघि वढने बताएका छन। नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भर्चुअल माध्यम बाट उद्घाटन गरे संगै वडा स्तरमा विभिन्न कार्यक्रम गरेर अघि बढ्ने बताउदै अभियानका क्रममा जनभेटघाटका साथै जनश्रमका काममा अभियान टोलीले सघाउ पुग्ने गरी तिन महिना सम्म हातेमालो गरेर निरन्तर साथमा रहने बताएका छन ।
खाँडाचक नगर कमिटी इन्चार्ज तथा नगर उपप्रमुख गणेश बहादुर शाहीले विशेष रुपान्तरण अभियानले जनता कार्यक्रता विचको सम्बध सुदृढ गर्ने देखि आनीवानी सुधारमा विशेष जोड दिने बताएका छन ।
कालीकोट जिल्लाका ८२ वटामा एक साथ आभियान उद्घाटन गरिएको छ ।
Discussion about this post