Skip

News Portal

  • माओवादी रुपान्तरण अभियान :कालीकाेटका गाउँ गाउँमा जनयुद्धको झल्को दिदै

    रुपेन्द्र ऐडी२९ भाद्र
    २२० पटक
    २९ भाद्र

    कालीकोट । यति बेला कालीकोटका गाउँ गाउँमा तत्कालिन जनयुद्धको झल्को दिने गरी माओवादी कार्यक्रताको आउजाउ बढेको छ । लामो समयको अन्तरमा ग्रामिण क्षेत्रमा फर्किएको माओवादी कार्यक्रताहरुले कुना कन्दराका बस्तिमा गएर जनभेटघाट तथा विभिन्न कार्यक्रमा सरिक हुन थालेका छन ।कालीकोट जिल्लाको नेतृत्व गर्दै आएका टेक बहादुर बस्नेत लगाएतका जिल्ला स्तरिय नेताहरु अहिले गामिण बस्तिमा जनताका माझमा विभिन्न कार्यक्रमहरु गर्दै अघि बढेका छन ।

    नेकपा(माओवादी केन्द्र)ले थालेको माओवादी विशेष रुपान्तरण अभियान जिल्लाका ९ वटै स्थानिय तहमा संचालन भएको छ । कालीकोट जिल्लाका तिन नगरपालिका,६ गाउँ पालिकामा केन्द्रिय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने वडा स्तरमा प्रदेश कमिटि सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    जिल्लाका ८२ वडामा कर्नालि प्रदेश कमिटि सदस्यहरु इन्चार्जसिपको भुमिकामा रहेका छन ।
    कुन पालिकामा कुन जिम्मेवारी रहेका छन :
    खांडाचक्र नगरपालिका गणेश बहादुर शाही(केन्द्रिय लेखा आयोग सदस्य)
    तिलागुफा नगरपालिका(लक्ष्मिकन्य बुढा,केन्द्रिय सदस्य)
    महाबै गाउँ पालिका(ललित परियार,केन्द्रिय सदस्य)
    शुभकालिका(डम्बर शाही,प्रदेश कमिटि सदस्य)
    नरहरिनाथ गाउँ पालिका(कालि बहादुर महतारा,रविन्स,कर्नालि प्रदेश कमिटि सदस्य)
    सान्नित्रिवेणि गाउँ पालिका(लक्ष्मि प्रसाद चौलागाई,केन्द्रिय सदस्य)
    रास्कोट नगरपालिका(धनविर वलि,केन्द्रिय सदस्य)
    पचालझरना गाउँ पालिका(धर्मबहादुर केसि,केन्द्रिय सदस्य)
    पलांता गाउँ पालिका(धनजित शाही(कर्नालि प्रदेश कमिटि सचिव)

    जिल्लाका प्रदेश क बाट नेताहरुलाई प्रदेश ख मा खटाइएको छ भने प्रदेश ख बाट प्रदेश क मा खटाइएको बताइएको छ । नेकपा(माओवादी केन्द्र) कालीकोट जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईका अनुसार भाद्र १६ गते देखि शुरु भएको माओवादी विशेष रुपान्तरण अभियान साच्चिकै उत्साह पूर्वक अघि बढेको बताएका छन । जिल्लामा वडा स्तरमा नयाँ नेतृत्वलाई खटाइएकाले स्थानिय स्तरमा भए गरेका कामको बारेमा जानकारी हुने बताइएको छ ।सम्बन्धित वडाका नेताहरुलाई अन्त खटाएका कारण जनताले स्थानिय अन्तरविरोधलाई सुुझावका रुपमा राख्ने र त्यसलाई हल गर्नका लागि जिल्ला पार्टीले योजना बनाउने हेतुले अन्तर पालिका तथा वडामा अभियानलाई निरन्तरता दिनका लागि अघि बढेको बताइएको छ ।
    के के गर्दैछ अभियान टोलिले :
    जिल्लाका प्रत्येक वडामा गएर अभियानलाई अघि बढाएको माअ‍ोवादी केन्द्रले जनश्रम लगाएतका काम गर्दै आएको छ । अहिले रास्कोटमा रहेको अभियान टोलिले बाटोघाटो मर्मत सम्भार देखि अन्य काममा जोडिएको छ । रास्कोट नगरपालिकाको वडा न.५मा कर्नालि प्रदेश कमिटि सदस्य ऐन बहादुर शाहीको नेतृत्वमा रहेको अभियान टोलिले जनतामा माओवादीका अपूगता तथा भए गरेका कामको बारेमा जानकारी गराउदै जनताका कुरा सुन्न थालेको बताइएको छ । जिल्लाको पचालझरना गाउँ पालिकामा रहेको धर्म बहादुर केसिको नेतृत्वमा रहेको टोलिले कार्यक्रताहरुमा स्कुलिंग शुरुवात गरेको छ भने वडा स्तरमा बैठक तथा भेला गर्नुका साथै पचालझरनाको वडा न.१ सिकु र वडा न.२ धमालिमा बाटोघाटो मर्मत कार्यत्र अघि बढाएको छ । जिल्ला सदरमुकाम मान्ममा शहिद परिवारलाई पहिलो पटक घर गएरु सुझाव सल्लाह लिएका जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत(जिल्ला इन्चार्ज कालीकोट)उनि संगै अधिकांस कार्यक्रताहरु शहिद परिवारका घरमा पुगेको छन ।

    २०६४ साल देखि आ आफ्नो वडामा रहेका माओवादी कार्यक्रताहरु अन्तरविरोधमा फसेको र उनिहरुका व्यवहारबाट आर्जित भएका कार्यक्रताहरुबाट सुझाव लिदै रचनात्मक आलोचनाका लागि अघि बढ्ने बताइएको छ । जिल्लाको सान्नित्रिवेणि पुगेका जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)ले शहिद परिवारलाइ भेटेर विगतमा गल्ति कमजोरीलाई सुधारेर अघि बढ्ने बताएका छन । अहिल कालीकोट जिल्लाका अधिकांस नेताहरु कर्नालि प्रदेशका विभिन्न जिल्लामा गएका छन ।तिलागुफामा नेकपा(माअाेवादी केन्द्र)का कनार्लि प्रदेश कमिटि सदस्य तथा पचालभःरना गाउँ पालिका प्रथम अध्यक्ष खडगराज सेजुवालले विद्धालयमा गएर दर्शन शास्त्रका बारेमा समेत पढाएका छन ।
    अभियानको सार :
    नेकपा(माओवादी केन्द्र) शान्ति प्रक्रियामा आइसकेपछि जनस्तरमा नगएकाले  अभियानले सहजता गराउने बताएको छ ।सरकामा सहभागि भएको माओवादीले केही जनताका अपेक्षहरु पुरा गर्ने सोच नभएपििछ जनतामा निराशा छाएको र क्रमस माओवदाी केन्द्र खुम्चिदै आउनेको कारणबारे जनतालाई स्पष्ट पार्न र आगामि २०८४ सालको निर्वाचनमा ठुलो पार्टी बनाउनका लागि विशेष जोड दिन शुरु भएको बताइएको छ । कालीकोट जिल्लामा २०६४ सालमा निर्वाचनमा २७ हजार बढि मतले नेकपा(माओवादी) विजयि भएको थियो भने २०७० सालमा पनि माओवादी केन्द्रले एकल कब्जा जमाएको थियो भने २०७४मा भने बामपंथि विचको गठबन्धन गरेर संघिय सांसद जित्न सफल भएको थियो । अहिले आएर २०७९ सालमा नेपालि कांग्रेस संगको गठबन्धन मार्फत प्रदेश तथा संघिय निर्वाचन मार्फत सरकारमा जाने अवसर पैदा भएको थियो ।माअाेवादी अभियान  मंसिर १५ गते सम्म संचालन हुने बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्