News Portal

  • पलातामा आंखाको सल्यक्रिया हुदै

    कर्नालीसंचार संवाददाता
    ३४९ पटक

    नयाँ दिल्ली ।  पलातामा आंखाको सल्यक्रिया हुने भएको छ। साविकका गाविस स्तरमा धौलागोह ,खिन र थिर्पूमा मोतिबिन्दु चेकजांच पछि पलाता अस्पतालमा सल्यक्रिया हुने भएको हो। हिमालयन आँखा अस्पतात घारीपाटन पोखरा तथा जिल्ला आँख उपचार केन्द्र कालीकोटको  प्राविधिक सहयोग, रेडक्रस कालीकोट शाखाको सहजिकरण र पलाता गाउँ पालिकाको आयोजनामा  सर्जिकल आँखा उपचार शिविर सञ्चालन गरिएको आंखा उपचार केन्द्र कालीकोट का प्रमुख डवल अधिकारले बताए। उनका अनुसार यस अघि तिन स्थानमा ऑखाको परिक्षणबाट छनोट भइ आएका विरामीको सल्यक्रिया हुने बताए ।

    असोज २० र २१ गते हुन उक्त आंखा उपाचार शिविरमा पालिका भित्रका  ८५ जना रहेको र सल्यक्रिया को संख्या बढ्ने पलाता गाउ पालिका अध्यक्ष विष्णु रोकायले जानकारी दिएका छन। अध्यक्ष रोकायाले भने पलाताका लागि यस कार्यले जेष्ठ नागरीकलाइ राहत मिलेको बताए ।

    पलातामा  गरिने शिविर बाट आफूलाई राहत मिलेको आंखाका विरामीले सरकारको प्रशंसा गर्दै स्थानिय सरकार भनेको जनताको दुःख कष्ट बुझ्ने हुनु पर्ने बताएको छन।

    प्रतिकृया दिनुहोस्