Skip

News Portal

  • महासचिव गुटेरेसले लुम्बिनिबाट गरे विश्व शान्तिको कामना(तस्विर सहित)

    कर्नालीसंचार संवाददाता१४ कात्तिक
    १४० पटक
    १४ कात्तिक

    काठमाडौं ।नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्व शान्ति तथा मानव समुदायबीचको सद्भाव र भातृत्वको लागि अपील गरेका छन ।

    आज लुम्बिनि क्षेत्रको भ्रमणका क्रममा महासचिव गुटेरेसले अहिले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान गरे। उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन ।

    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा तिन दिने भ्रमणका क्रममा नेपाल आएका महासचिव गुटेरेसले लुम्विनि क्षेत्रका भ्रमण गर्दै गौतम बुद्धले देखाएको अहिंसाको बाटोमा सबै लाग्नु पर्ने विचार राखेका छन । उनले लुम्विनिमा रहेको अन्य धार्मिक स्थलको समेत अवलोकन गरेका छन ।

    साथमा नेपाल सरकारका प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड),पर्यटन मन्त्रि सुदन किराति लगाएतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

    लुम्विनिमा पर्यटन मन्त्रि सुधन किरातिले महासचिव गुटेरेसलाई गौतम बुद्धको मुर्ति हस्तान्तरण गर्नुका साथै विरुवा रोप्ने काम समेत भएको बताइएको छ ।

     

     

     

     

    #तस्विर प्रधानमन्त्रिको सचिवालयबाट

    प्रतिकृया दिनुहोस्