Skip

News Portal

  • अखिल(क्रान्तिकारी)को टोलि युद्ध पर्यटकिय क्षेत्र पिलि पुगरे मनायो जनयुद्ध दिवस

    कर्नालीसंचार संवाददाता१ फागुन
    ४६७ पटक
    १ फागुन

    कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको टोलिले अन्तिम युद्धका रुपमा चिनिदै आएको खांडाचक्र नगरपालिकाको वडा नम्बर ७को पिलिमा गएर दिप प्रज्वलन सहित दिपावलिका साथ २९ औं जनयुद्ध दिवस मनाएको छ ।

    अखिल (क्रान्तिकारी) कालीकोटका संयोजक खगेन्द्र मल्ल,तिला कर्नालि बहुमुखि क्याम्पसका सभापति हिक्मत सिंह, संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनसिंह शाही सहितको टोलिले २०६२ साल साउन २३ गतेको सैन्य क्याम्प माथि आक्रमण स्थान पिलिमा गएर शहिदलाई सम्झदै जनयुद्ध दिवस मनाएको हो ।

    खांडाचक्र नगरपालिका वडा न.७का वडा अध्यक्ष दिपराज कार्की सहितको उपस्थितिमा जनयुद्ध दिवस मनाउदा भिन्न अनुभुति भएको विद्यार्थि नेताहरुको भनाई रहेको छ । अहिलको अवस्थामा पार्टी र क्रान्तिलाइ अघि बढाउनका लागि स्मरणिय क्षेत्रमा पुगेर नेताहरुलाई दवाव दिने र अधुरा सपना पुरा गर्ने प्रतिबद्धता गर्न युद्ध पर्यटकिय क्षेत्र पिलि पुगेको विद्यार्थि नेता मनसिंह शाहीले बताएका छन ।

    कालीकोट जिल्लाका विभिन्न ठाउँमा उल्लासमय रुपमा २९ औं जनयुद्ध दिवस सम्पन्न भएकोमा विद्यार्थि नेताह्रुले खुशि हुंदै सबैलाई धन्यवाद दिएका छन ।

    प्रतिकृया दिनुहोस्