News Portal

  • कालीकोटमा यसरी श्रमिक दिवस मनाइयो (फोटो फिचर)

    कर्नालीसंचार संवाददाता२५ फागुन
    १२१ पटक
    २५ फागुन

    कालीकोट । महिलामा लगानि सभ्य र समुन्त समाजकाे थालनि भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम सहित जिल्लाका विभिन्न ठाउँमा सम्पन्न भएको छ । जिल्लाका सबै स्थानिय तहमा नारीहरुले हर्षाेल्लासका साथ नारी दिवस मनाइएको हो । जिल्ला सदरमुकाम मान्ममा खांडाचक्र नगरपालिकाको आयोजनामा सांस्कृतिक मय तरिकाले नारी दिवस मनाइएको हो । सो कार्यक्रममा विभिन्न वडाका महिलाहरुले चेतना मुलक गितहरु मार्फत सन्देश प्रवाह गरेका छन ।

    त्यसै गरी रास्कोट नगरपािलकाले सयौं महिलाहरुको सहभागितामा कार्यक्रम गरिएको छ भने पलांता गाउँ पालिका स्तरिय महिलाहरुले प्लेकार्ड बोकेर महिला हिंसाको अन्त गरौं सबै महिला एक हौं जस्ता नाराका साथ एक सय १४ औं नारी दिवस मनाइएको हो । पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल(जैसी)को उपस्थितिमा कार्यक्रम गरिएको हो । त्यसै गरी पचालझरना गाउँ पालिकामा महिलाहरुका कला संस्कृति मार्फत नारी दिवस मनाइएको छ ।

    पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमको उपस्थितिका कार्यक्रम गरिएको बताइएको छ । जिल्लाको सान्नित्रिवेणि,महाबै,शुभकालिकाका साथै अन्य स्थानिय तहले भव्य रुपमा नारी दिवस मनाइएको बताइएको छ ।
    सबै भन्दा प्रभावकारी रुपमा जिल्ला सदरमुकाम मान्ममा महिलाहरुले बाजागाजाका साथ आफै सहभागि भएर बजार परिक्रमाका साथै खुालामंचमा नारी दिवस मनाइएको हो ।

    सो कार्यक्रममा पुर्व सभाषद तुलाराज विष्ट सहितका नेताहरु लगाएतका महिला नेतृले महिला सम्बन्धि मन्तव्य समेत राखेका थिए । सो कार्यक्रममा कला प्रस्तुति गर्ने सहभागिहरुलाई पुरुस्कार समेत प्रदान गरिएको बताइएको छ ।

    खांडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुले आफ्नो लागेका कुरा निर्धक्क रुपमा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्