कालीकोट । नेकपा (माओवादी केन्द्र)कालीकोटद्वारा प्रकाशित “कालीकोट स्मारिका” आज एक कार्यक्रमका विच काठमाडौमा विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले सयूक्त रुपमा विमोचन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका सह इन्चार्ज टेक बहादुर बस्नेतले संकलन र सम्पादन गरिएको ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ- २’ बिमाेचन का क्रममा कालीकोट स्मारिका समेत विमोचन गरिएको हो ।
कालीकोट स्मारिकामा कालीकोटको कम्युनिष्ट आन्दोलनको इतिहाँस, २०४६ देखि २०७९ सम्मका जननिर्वाचित जनप्रतिनिधि सहित जनयुद्धका शहिद र जनयूद्धका क्रममा गरिएका प्रतिवद्धत सहित अभियानका गतिविधि र विभिन्न नेताहरुका लेख रचनाहरू समावेशा गरिएको सम्पादक मण्डलका संयोजक काली बहादुर महताराले बताएका छन ।
यस प्रकाशनले कालीकोटको विगतको इतिहाँसको उजागार गरेको र पूर्णता दिनु पर्नेमा जोड दिइएको छ ।
Discussion about this post