रास्कोट व्यवसायकाे केन्द्र बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । सबै भन्दो भौगोलिक रुपमा मिलेको रास्कोट नगर पालिकामा पछिल्लो समय सहरीकरण तर्फ बढ्न थाले सँगै व्यवसायकाे केन्द्र बन्न थालेकाे छ ।

कालीकोट जिल्लाका तीन नगरपालिका मध्ये सबै भन्दा सानो भुगाले भएको नगरपालिका हो रास्कोट । जहाँको भौगोलिक बनावट तथा बढ्दो सहरीकरणका कारण सबैको आकर्षकको केन्द्र विन्दु बनेको छ । पछिल्लो समय विभिन्न वित्तिय संस्थाको रोजाइ पनि रास्कोट पर्न थालेको छ भने व्यवसायि क्षेत्रका रुपमा  एक पछि अर्काे फड्काे मार्न रास्कोट नगरपालिका अगाडी बढ्न थालेको हाे ।

जिल्ला सदरमुकाम मान्मका व्यवसायिहरुले एक पछि अर्काे रुपमा विस्थापित हुन थाले संगै संघियताका कारण स्थानिय तहमा केन्द्रित व्यवसाय बढ्न थालेको छ । जस मध्येका रास्कोट नगरपालिका त्यस मध्येको पहिलो रोजाइमा परेको बताइएको छ । अहिले रास्कोट नगरपालिकामा बजार व्यवस्थापन संगै सडक कालोपत्रे बनेपछि झन महत्व बढेको छ ।
रास्कोट नगरपालिकामा विभिन्न व्यवसायिहरुको केन्द्र बन्न थालेको छ । जहाँ सुनचांदी, होटल व्यवसायिहरु समेत केन्द्रित हुन थालेका छन ।

जस मध्येका सोमबार एक होटलको उद्घाटन गरिएको छ । पचालझरना गाउँ पालिका निवासि खगेन्द्र न्यौपानेले तामझामका साथ होटल शुरु गरेका छन । रास्कोट नगर प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल सहितका जनप्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको छ । उद्घाटनका क्रममा नगर प्रमुख शाहीले व्यवसायिको प्रमुख क्षेत्रका रुपमा रास्कोटलाई रोज्नु यहाँको विकास र सम्बृद्धिको एक खुट्किलो भएको बताउदै व्यवसायिहरुलाई नगर सरकारका तर्फबाट हुने सहयोग गर्ने बताएका छन । न्याैपाने हाेटलका स‌ँचालक खगेन्द्रले सान्नित्रिवेणीमा हाेटल व्यवसाय गर्दै अाएका थिए ।
रास्कोट नगर पालिकामा होटल व्यवसायका लागि जिल्ला भित्र तथा जिल्ला बाहिरका व्यवसायि केन्द्रित हुन थालेका छन । त्यसै गरी रास्कोट नगरपालिकामा जिल्ला सदरमुकामका भन्दा बढि सहकारी र वित्तिय संस्थाहरु समेतले वित्तिय तथा गैर वित्तिय कारोबार गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित