यस कारण प्रचण्डले राजिनामा नदिने‍‍‍……

7
SHARES
15
VIEWS

काठमाडाै‌ । संसद्को पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरण सम्बन्धी सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा नदिने भएका छन्। मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने धारणा राखेको माओवादीका नेता गणेश साहले जानकारी दिए। “प्रधानमन्त्रीज्यूले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने धारणा राख्नुभयो, बैठक पनि उहाँकै पक्षमा छ,” साहले भने।

प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र सत्तारूढ नेकपा (एमाले)बीच सोमबार मध्यराति सत्ता साझेदारी गर्ने सहमति भएको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

कांग्रेस र एमाले बीचको सहमतिलाई माओवादीले अप्रत्याशित भनेको छ। पदाधिकारी बैैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने, “अप्रत्याशित रूपमा जुन घटनाक्रम अगाडि आएको छ, त्यति स्वाभाविक, लोकतान्त्रिक मूल्यमान्यता अनुसार आएको देखिंदैन। यो प्राकृतिक जस्तो लाग्दैन।”

कांग्रेस र एमालेको सहमति अग्रगमनतिर नदेखिएको माओवादी बैठकको निष्कर्ष छ। सापकोटाले भने, “अग्रगमनतिरभन्दा पश्चगमनतिर जाने देखिएको छ। यो बेठीक छ।”त्यसैले प्रधानमन्त्रि ज्युले राजिनामा नदिने र विश्वासकाे मत लिने तयारी रहेकाे बताइएकाे छ ।

 

 

 

 

 

 

 

#Himalkhabar बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित