रास्कोट ट्याक्टर दुर्घटनाका घाइतेको उपचारका क्रममा ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । आइतवार रास्कोटमा भएको ट्याक्टर दुर्घटनाका घाइते एक जनाको ज्यान गएको छ । रास्कोट नगरपालिका वडा न.५ को ग्लोबल आइएमइ बैंक नजिकैको सडकबमा भएको ट्याक्टर दुर्घटना परी २ जना गम्भिर घाईते मध्ये चालक वीर परियार उपचारका लागि जादै गर्दा विच बाटोमा मृत्युु भएको बताइएको छ ।

सो दुर्घटनामा घाईते भएकाहरुको कर्नालि प्रदेश अस्पतालमा सुर्खेत लगिएको नगर प्रहरी कार्यालय प्रमुख धन बहादुर शाहीले जानकारी दिएका छन । उनका अनुसार रास्कोट नगरपालिका वडा नम्बर २ निवासि बर्ष १७ का नम सार्कीको भित्रि शरिरमा चोट लागेको जनाइएको छ भने वडा नम्बर ५ का बर्ष २२ का प्रकाश तिरुवाको टाउकोमा चोट लागेको बताइएको छ ।

उक्त घटनाका घाइतेहरुको स्वस्थ्य लाभको कामना गर्दै रास्कोट नगर प्रमुख धर्मराज शाही(पोषण)ले दुख व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित