समाजवादी मोर्चा द्वारा कार्यदल गठन

7
SHARES
15
VIEWS

कालीकोट । ४ राजनैतिक दलको सहभागितामा समाजवादी मोर्चाको बैठकले कार्यदल गठन गरेको छ । नेकपा(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी),नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीका शिर्ष नेताहरुको बैठकले समसामयिक राजनैतिक गतिविधिको समिक्षा गर्दै ४ सदस्य कार्यदल गठन गरेको छ ।

नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा(प्रकाण्ड)ले पत्रकारहरु विचमा कुरा राख्दै यस अघिको समिक्षा गर्दै आगामि रणनिति तय गर्ने गरी कार्यदल गठन गरेको बताएका छन । प्रवक्ता प्रकाण्डका अनुसार अहिलेको समसामयिक घटनाक्रमले राष्ट्रलाई हित हुने भन्दा पनि पश्चगामि तर्फ धकेल्ने निष्कर्ष समेत निकालेको बताइएको छ ।

लामो समय पछि बसेको समाजवादी मोर्चाको बैठकमा माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल(प्रचण्ड),एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव) नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवको सहभागिता सहितको बैठकमा नेसपलाई औपचारिक रुपमा मोर्चामा स्वागत गरेको बताइएको छ ।

यस अघि समाजवादी मोर्चामा उपेन्द्र यादवको नेतृत्वको पार्टी समेत आवद्ध रहेको थियो ।
सरकार विरुद्ध के कसरी अघि बढ्ने भन्ने बारेमा मोर्चाले छलफल अघि बढाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित