पिलि मोर्चाका शहिदको सम्झनामा अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धको अन्तिम मोर्चा पिलिमा भएको ऐतिहासिक स्मरण गर्दै पिलि मोर्चाका शहिदहरुको सम्झनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र) निकट शहिद तथा वेपत्ता यौद्धा सन्तति फाउण्डेशनको आयोजनामा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा शहिदहरुको सम्झना गरिएको हो ।जनयुद्ध कालमा माओवादीको नेतृत्वमा भएको आक्रमणमा उक्त मोर्चा अन्तिम हो ।
२०६२ साल साउन २३ गते दोहोरो भिडन्त हुँदा १ सय ३ जनाको मृत्यु भएको थियो । नेकपा )माओवादी केन्द्र)का कर्नालि प्रदेशका अध्यक्ष विमला केसीको उपस्थितिमा नेकपा(माओवादी केन्द्र) केन्द्रिय कार्यालय पेरिसडांडा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

जनयुद्धका शहिद चन्द्रमणि जैसीको २० औं स्मृति दिवसका अवसरमा पिलि मोर्चाका शहिदहरुको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरिएको नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज लक्ष्मि प्रसाद चौलागाइ(शैलेन्द्र)ले बताएका छन ।पिलि आक्रमणमा माओवादी जनमुक्ति सेनाका तर्फबाट २८ जनाले शहादत गरेका थिए भने तत्कालिन शाहि सेना ७५ जनाको मृत्यु भएका थिए ।
अहिले कालीकोटको पिलिमा युद्ध पर्यटकिय क्षेत्रका रुपमा विकास शुरु हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित