कालीकोट । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही सर्वसम्मत भएकी छन । मंगलवार भएको ५ औं जिल्ला अधिवशनबाट अध्यक्षमा दिलमाया शाही सर्वसम्मत भएकी हुन ।
नेपाल पत्रकार महासंघ जुम्लामा वर्चश रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्ष रहेका विजय रावत सहितका पत्रकारहरुले विद्रोह गरेपछि ५ औं अधिवेशन गरिएको हो । उक्त अधिवेशनबाट उपाध्यक्षमा उमेश बुढा र अनिता बुढा, सचिव गोल्डेन बुढा , सहसचिव उमेश परियार र राम प्रकाश विक कोषाध्यक्ष अमृत बुढाथोकी सहित ११ सदस्य जिल्ला समिति रहेको बताइएको छ ।
यहि मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघ जुम्लाको निर्वाचनमा प्रेस सेन्टर जुम्लाका पूर्ण चौलागाइँ सहतको टोली विभाजनले प्रेस सेन्टरका तर्फबाट अध्यक्षका उम्मेद्धार रहेका नेत्र शाही पराजित भएका थिए ।
Discussion about this post