कालिकोट । पचालझरना गाउँपालिकाको एक स्कुलका वालवालिकालाई भीम उपाध्यायले ५ जना विद्यार्थिलाई न्यानो कपडाका लागि सहयोग गरेका छन । पचालझरना गाउँ पालिकाको वडा न.४ लाफास्थित चुलिमालिका आधारभूत विद्यालयका अध्यायनरत ५ जना विपन्न वालवालिकालाई उपलब्ध हुने गरी विहबार १० हजार रकम पठाएका हुन ।
काठमाण्डौँ नागार्जुनस्थित बाटिका स्कूलको तर्फबाट संस्थापक प्रिन्सिपल युवराज बास्कोटले गरेको सहयोगलाई पूर्व सचिव भीम उपाध्यायले कालीकोट जिल्लाको पचालझरना गाउँ पालिकाको वडा न.४मा रहेको चुलि मालिका आधारभुत विद्यालयका प्रधानध्यापक नयनराम बरालको आग्रहमा पठाएकाे बताइएकाे छ ।
भीम उपाध्यायले उक्त रकम सहयोग गर्ने बास्कोटलाई धन्यवाद दिएका छन । चुलिमालिका आधारभुत विद्यालयका प्रधानध्यापक नयनराम बरालले विपन्न विद्यार्थिका लागि १० हजार रकम सहयोग गरेकोमा धन्यवाद दिदै उक्त रकमको कपडा किनेर वितरण गरिने बताएका छन । सामाजिक अभियन्ता उपाध्यायले गरेको सहयोेगका लागि खेलेको समन्वयकारी भुमिका प्रति लाफा बासिले खुशि व्यक्त गर्दै धन्यवाद दिएका छन ।
उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुलाल न्यौपानेले असाहय तथा विपन्न वालवालिकाहरुका लागि ठुलो राहत भएको बताउदै भीम उपाध्यायलाई थप सहायेगको आशा लिएको बताएका छन ।
Discussion about this post