कालीकोट । प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दिपेन्द्र शर्माले मिडियाको संस्थागत विकासमा लागि पर्न सबै पत्रकारलाई आग्रह गरेका छन ।
प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । समग्र क्षेत्रमा पत्रकारितालाई जोड दिदै समाज विकास रे जनताका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिदै आगामी दिनमा सहकार्य समन्वय जरुरी रहने बताउँदै हिजो का तितामिठा कुरा विर्सिनु पर्ने जोड दिनु पर्ने र जिल्लाका स्थानिय तहमा समान रुपमा लागि पर्नु सबैको भूमिका रहेको बताए ।
कालीकोट जिल्लामा नेपाल पत्रकार महासंघको आफ्नै भवन भएको जिल्लामा पत्रकारका हितमा काम गर्न प्रेस सेन्टरका तर्फबाट सहयोग रहने बताएका छन ।
उद्घाटन शत्रमा बोल्दै प्रेस युनियनका अध्यक्षा नमराज योगी, प्रेस चौतारि का केन्द्रिय सदस्य काली बहादुर मल्ल, खडानन्द अधिकारी, प्रेस सेन्टरका केन्द्रिय सदस्य रत्न कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे , नेकपा (माओवादी केन्द)का जिल्ला सचिव सरोज बोगटी लगायतका नेताले शुभ कामना दिएका थिय ।
प्रेस सेन्टर कालीकोटको बन्द शत्र शुरु भएको छ ।
Discussion about this post