यात्राका क्रममा बाटो बनाउदै कालीकोट पुगे पचालझरना अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । गाउँ पालिकाको विकास निर्माणको कामको सिलसिलामा सुर्खेत पुगेका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल ठाउँ ठाउँमा पहिरो पन्छाउदै कालीकोट आइपुग्नु भएको छ ।

सुर्खेत देखि कालीकोटका विभिन्न ठाउँमा सडक अबरुद्ध भएपछि आवत जावतमा कठिनाई झेल्दै आउनु पर्ने बाध्यतालाई सहज गर्दै बाटो पन्छाउदै आउनु परेको बताइएको छ । पचालझरना गाउँ पालिका अधयक्ष सेजुावलले कालीकोटको रेंगिल देखि शान्तिघाट सम्मको बाटो सुचारु गर्न विभिन्न निकाय संग अनुरोध गर्नु भएको छ । वहांले यस अघि पचालझरनाको लगानिमा जारकोट देखि फुगाढ सम्म बाटो मर्मत गरेपछि यातायातका साधन सुचारु भएका छन ।

सडक अबरुद्ध भएको रेंगिल देखि शान्तिघाट सम्मको सेनाको भरमा भन्दा पनि बैकिल्पक मार्गका लागि स्थानियलाई क्षतिपुर्ति दिएर भएपनि पहल गर्नु पर्ने बताउदै अध्यक्ष सेजुवालले रास्कोट र सान्नित्रिवेणिको पहलमा रेंगिल देखि शान्तिघाट सम्मको सडक सुचारु गर्न आफुहरुको समेत लगानि हुने बताउदै तत्काल पहल गर्नु पर्नेमा जोड दिनु भएको छ । वहांले भन्नु भयो रास्कोट नगरपालिका,सान्नित्रिवेणि,पचालझरना र पलांता गाउँ पालिकाहरुले सबै मिलेर सडक सुचारु गर्नु पर्नेमा जोड दिदै आवत जावतका लागि सान्निघाटको पुल जोखिम भएकाले उक्त बाटोको बैकल्पिक मार्ग खोजि गर्न नेपालि सेनालाई पनि ठुला ढंगा फुटाउन आग्रह गरेको बताउनु भएको छ ।

जग्गाको सहमति भएमा सान्निघाटको बैकल्पिक बाटो बनाउन सकिने वहांको तर्क छ ।
रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बैकल्पिक बाटो सुचारु गर्न नगरपालिकाले स्थलगत रुपमा हेर्नका लागि टोलि   परिचालन गरेको बताउदै सबै पक्ष संग अनुरोध गरिएको र कर्नालि प्रदेश सरकार संग थप आग्रह गरिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित