नरहरिनाथमा सहकारी सुपथमुल्य पसल संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट ।दैनिक उपभोग्य वस्तुको महँगि बढे सङ्गै जिल्लाको नरहरिनाथ गाउँ पालिकामा सहकारी सुपथ मुल्य पसल संचालनमा आउने भएको छ ।

नरहरिनाथ गाउँ पालिकाले चालू आर्थिक वर्षमा सहकारी सुपथ मुल्य पसल संचालन गरिने गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्टले बताउनु भएको छ । वहाँका अनुसार गाउँ पालिका र सहकारी साझेदारीमा उक्त पसल संचालन गर्न पहल भैरहेको बताउनु भयो ।

सुपथ मूल्य पसलको लागि सबै भन्दा ठुलो  हिमचुली सहकारी भएकाले समन्वय मार्फत दशै अघि सुचारु गर्ने तयारी गरिएको अध्यक्ष बिष्टले   बताउनु भयो ।

अहिले स्थानीयले मोटो चामलको ३० केजिको प्याकमा १ हजार ९ सय देखि २ हजार र मसिनो चामल २ हजार ५ सय देखि २ हजार ६ सय सम्म उपभोक्ताले खरिद गर्नु परेको छ । यातायात सुचारु सङ्गै नरहरिनाथमा बजारिकरण बढ्न थालेको छ ।

यस अघि पहिलो पटक रास्कोट नगरपालिका र हिमचुली कृषी सहकारीको समन्वयमा रास्कोटमा सुपथ मूल्य पसल संचालन ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित