सान्नित्रिवेणि गाउँ पालिकामा सडक सुचारु हुदै

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपहिरोका कारण लामो समय बन्द भएको सान्नित्रिवेणि गाउँ पालिका सम्मको सडक सुचारु हुने भएको छ ।

गाउँ पालिकाको पहलमा पहिरो पन्छाउने काम भइरहेको बताइएको छ । सान्नित्रिवेणि गाउँ पालिकाका उपाध्यक्ष होइजा बुढाका अनुसार लगातार रप्तारमा काम भइरहेको छ । अब एक हप्ता भित्र गाउँ पालिका केन्द्रमा यातायातका साधन सुचारु हुने बताउनु भयो ।

अहिले गाउँ पालिका कार्यालय मेहलमुडि देखि सान्निघाट सम्म डोजर मार्फत सडकको पहिरो पन्छाउन लागि परेको बताउनु भयो ।  उपाध्यक्ष बुढाले भन्नु भयो आज सम्म तिकुवा सम्म डोजर पुगि सकेको छ अबको केही समय भित्र सबै पहिरो पन्छाउन सकिन्छ ।

अहिले त्यहांका बासिन्दाहरुले सान्निघाट देखि दैनिक उपभोग्य वस्तुको खच्चर तथा मानिस मार्फत ढुवानि गर्नु परेको छ । स्थानिय देवनारायाण संज्यालका अनुसार सडक सुचारु भएमा महंगो भएको दैनिक उपभोग्य समानहरु सहज रुपमा उपलब्ध हुने आाशामा स्थानिय रहेको बताउनु भएको छ ।

यस अघि रास्कोट नगरपालिकाको पहलमा सडक सुचारु भएको थियो भने पचालझरना गाउँ पालिकाको पहलमा जारकोट देखि फुगाढ खोला सम्मको सडक सुचारु गरेको थियो भने पलांता गाउँ पालिकाले पनि सडक सुचारुमा ध्यान दिएको थियो । त्यसै गरी कर्नालि प्रदेश सरकारको ५ लाख लगानिमा रेंगिल देखि शान्तिघाट सम्मको सडक सुचारु भएको थियो ।

अहिले नेपालि सेनाले सान्निघाटको अबरुद्ध सडकको काम थालनि गरेको छ ।

विष्फोटनका माध्यमबाट मात्र सम्भव भएका कारण सान्निघाटको सडक दुई हप्ता भित्र सुचारु गर्ने नेपालि सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित