रास्कोट नगरपालिका द्धारा युवा स्वरोजगार कर्जा संचालन

7
SHARES
15
VIEWS

कालीकोट । युवाहरुलाई उद्यमसिल बनाइ आत्मनिर्भर बनाउन रास्कोट नगरपालिकाले स्वरोजगार कर्जाको व्यवस्था गरेको छ । नगरपालिकाका बेरोजगार युवाहरुलाई उद्यम व्यवसाय गरी गाउँमै भविष्य खोज्ने र आफ्नो लागि केही गरौं भन्ने मनसाय भएकाहरुका लागि सहुलिएत दरमा कर्जा दिदै आएको बताइएको छ ।
रास्कोट नगरपालिकाको पांचौ नगरसभाबाट पारित कार्यविधि अनुसार उक्त कार्यक्रम लागु गरिएको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । नगरसभाबाट पहिलो पटक ३० लाखको व्यवस्थापन गरी वर्षेनि सो रकम नगरपालिका भित्रका युवाहरुलाई घुम्ति तरिकामा लगानि हुने गरिएको छ । नगरप्रमुख बरालका अनुसार नगरपालिकाका सबै युवाहरु आत्मनिर्भर हुन र व्यसायिक चेतनामा विकास होस भनेर स्वरोजगार कर्जा शुरुवात गरिएको बताउनु भयो ।
उक्त स्वरोजगार कर्जा नगरपालिकाले मासिक रुपमा व्याज र त्रैमासिक रुपमा किस्ता फिर्ता गर्ने गरी सहकारीलाई दिएको छ भने युवाहरुमा वार्षिक १२ प्रतिशत अर्थात मासिक १ प्रतिशतका व्याजदरले लगानि गरिएको बताइएको छ ।
सहुलिएत कर्जाको व्यवस्थापन भएपछि नगरपालिकाका ३६ जना युवालाई कर्जा प्रवाह गरिएको हिमचुलि कृषि सहकारी संस्था लि.का रास्कोट सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले बताउनु भयो । वहाँका अनुसार अहिले रास्कोटका युवाहरुले लिएको कर्जा असुलि भए पछि अन्य युवाहरुलाई पुन लगानि गर्ने र ठुला व्यवसायिहरुलाई संस्थाको अन्य कर्जा प्रवाह समेत गरिएको व्यवस्थापक बोहराले बताउनु भयो ।
लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकाका अर्थमन्त्रि डा.बाबुराम भटराईले पहिलो पटक युवाहरुलाई स्वरोजगार कर्जा लगानि गर्ने व्यवस्था गरिएको थियो ।
रास्कोट नगरपालिकाले त्यहि निति अनुसार स्वरोजगार कर्जाको शुरुवात गरेको हो । कर्नालि प्रदेशमा स्वरोजगार कर्जाको व्यवस्थाप गर्ने पहिलो रास्कोट नगरपालिका रहेको बताइएको छ । यस वर्ष कर्नालि प्रदेश सरकारले कृषि उद्यम व्यवसायमा व्याजदर छुट दिने कार्यक्रम लागु गरेको छ ।

त्यस कार्यक्रमले स्थानिय स्तरका गरिव तथा न्युन आय भएका समुदायहरु सम्म कति प्रभावकारी हुन्छ त्यो भने हेर्न बांकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित