पचालझरनामा विकास निर्माणका कामको सम्झौता गर्न शुरु

7
SHARES
15
VIEWS

कालीकोट । विकास निर्माणका कामहरु समयमै सम्पन्न नहुने र अधुरा रहदा रकम फ्रिज जान नदिन पचालझरना गाउँ पालिकाले आर्थिक वर्षको पहिलो चौमासिकमा सम्झौता गर्ने निर्देशन दिएको छ ।

गएको वर्ष दोस्रो चौमासिक अर्थात मंसिर महिनाबाट विकास निर्माणको कामलाई सम्झौता गरेको भएपनि यस वर्ष भने आगामी चैत्र महिना भित्र सबै काम सम्पन्न गर्ने गरी सबै वडालाई सम्झौताका लागि निर्देशन दिएको पचालझरना गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख कमल बहादुर बमले बताउनु भएको छ । वहाँका अनुसार सबै वडालाई असोज २० गते सम्म उपभोक्ता समिति गठन गर्ने गरी पत्राचार भएको बताउनु भयो ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गएको वर्ष समयमा काम भएको भएपनि लामो समय कार्यकारी प्रमुख नहुनु र भनेको समयमा सम्बन्धित ठाउँमा लेखाबाट फाइल नबुझाउदा समस्या आएकोले काम सम्पन्न भएर पनि २ करोड रकम फ्रिज भएको बताउदै सो समस्या पुन दोहोरिन नदिन यस वर्ष ध्यान दिइने बताउनु भएको छ ।

यस वर्ष समयमै काम सम्पन्न गर्ने र विकास निर्माणका कामहरु गुणस्तर कायम भए नभएको अनुगमन गर्न सहज हुने गरी आर्थिक वर्षको शुरुवातमा कामको थालनि गरिएको अध्यक्ष सेजुवालको भनाइ रहेको छ ।

पचालझरना गाउँ पालिकामा चालु वर्षको पुजिंगत  बजेट १० करोड ७१ लाख रहेको पचालझरना गाउँ पालिकाले जनाएको छ । यस वर्षको वजेट सडकको स्तर उन्नति र अन्य विकासका पूर्वाधारहरुमा व्यवस्था गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित