पचालझरनाको केन्द्र पणेक्षामा धमाधम भौतिक संरचना निर्माण हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहहरुको केन्द्रविन्दुका विषयमा विवाद भइरहेको बेला पचाझरना गाउँ पालिकामा भने पालिकाको केन्द्र रहेको पणेक्षामा भौतिक संरचना निर्माणको कामले तिव्रता लिएको् छ ।

पणेक्षामा सडक विस्तार हुनुका साथै स्थानियले भवनहरु लगाउन थालेका छन भने सरकारी तवरबाट समेत भौतिक संरचनाहरु बन्न थालेका छन । आगमी एक महिना भित्र पालिकाका काम कार्वाही संचालन हुने गरी कामलाई तिव्रता दिएको पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेलले बताएका छन ।

अहिले पणेक्षामा बस्नका लागि भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको बताउदै प्रमुख प्रशासकिय अधिकृत पा्रडेलले आफैले भवन निर्माण गरी काम कार्वाही गर्न सहज हुने विश्वासका साथ काम अघि बढेका बताए । यस अघि पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले दशै तिहारमा पालिकाका प्रशासनिक कामहरु अघि बढ्ने भनिएपनि भौतिक संरचना देखि विविध कारण गर्न नसकिएकाले दुई महिना ढिलो हुन पुगेको बताएका छन ।

उनका अनुसार पचालझरनाको केन्द्रका लागि यस अघि सर्वसम्मत निणर्य भएको र स्थानियले जग्गा समेत गाउँ पालिकाको नाममा दिइसकेकाले भौतिक संरचना निर्माण हुने वित्तिकै पालिकाका काम कार्वाही अघि बढ्ने छन ।

जिल्लाका अन्य स्थानिय तह पलांता गाउँ पालिका,तिलागुफा नगरपालिका र शुभकालिकामा केन्द्रका बारेमा विवाद जारी हुंदा भौतिक संरचना देखि अन्य काम कार्वाहीमा समेत कठिनाइ हुंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित