विप्लव समुहका यहि व्यवस्थाबाट माग पुरा हुन्छन— गृहमन्त्रि थापा

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल सरकारका गृहमन्त्रि राम बहादुर थापाले आन्दोलनमा लागेको विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन । आइतबार नेकपा ओलि समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्रि थापाले मध्यावधि निर्वाचनमा सहभागि भएर तपाईहरुका माग सम्बोधन हुने गरी वार्तामा आउन आग्रह गरे  ।

जनसभाका क्रममा नेपालमा कम्यनिष्ट पार्टीको ७० वर्ष लामो इतिहांसमा सबै भन्दा जनपिय्र काम यहि सरकारले गरेको र कम्यनिष्टहरुको टुटफुट विभाजन गरेको अवस्थामा एकिकरण भएको र उक्त पार्टीलाई विभाजन गर्न लामो समय देखि प्रतिगमनकारीहरु लागि परेको र कुनै पनि कमजोर अवस्था नभेटाएपछि पार्टी भित्रका असन्तुष्ट पक्षहरु पत्ता लगाउने क्रममा केही त्यस्ता व्यक्तिहरु भेटिए जस्मा पार्टी अध्यक्ष हुन चाहने, प्रधानमन्त्रि बन्न नपाएकाहरुलाई उचालेर पार्टी फुटाएको बताए ।

उनले अहिलेको कदम भनेको संबैधानिक अनुरुप भएको दावि गर्दै असंबैधानिक भन्नु स्यालको हुंइया भएको समेत बताए ।

गृहमन्त्रि थापाले ताजा जनादेशमा जानु भनेको असंबैधानिक नभई जनताको जनमतमा जानु देशलाई अग्रगामि दिशा तिर लिएको बताए ।क्रान्तिकारी कदमको देशभर स्वागत भएकोले सबैले मध्यवधि निर्वाचनमा दत्तचित्त भएर लाग्न समेत आग्रह गरेका छन ।
जनसभामा कालीकोटमा जनयुद्धका शहिदहरुले बगाएको रगत र त्यागको कुनै पनि अभिव्यक्ति नदिएका मन्त्रि थापाले देश भरका पूर्व जनमुक्ति सेना,शहिद परिवार,अपांगहरुका बारेमा राहतको प्याकेज ल्याएको समेत बताए ।उनिहरुलाई रोजगार दिने,उपचार गर्ने समेत सरकारले जिम्मा लिने बताए ।

त्यसै गरी कालीकोट जिल्लाका ५१ बढि बाढिपिडित परिवारहरुको घर निर्माण देखि अन्य व्यवस्थापन गर्न सरकार लागि परेको बताएका छन ।

उनि आएको कार्यक्रममा नेकपा प्रचण्ड माधव पक्षले कालीकोटमा कालो झण्डा, सडकमा टायर बाल्दै नारा बाजि गरेर विरोध जनाउनुका साथै गृहमन्त्रि ज्यु निर्मलाको बलत्कारी र हत्यारा खोइ भन्ने जकेट लगाएर विरोध जनाएका थिए । गृहमन्त्रि थापा आजै फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित