कालीकोट । रास्कोट नगरपालिकाको सिप्टीको स्याउ फर्ममा वडा अध्यक्षको नेतृत्वमा तोडफोड गरिएको छ ।
रास्कोट नगरपालिका समन्वय स्याउ जोन कार्यक्रमको सहयोगमा संचालन गरिएको स्याउ फर्ममा एका एक गुण्डा शैलिमा गएर वडाध्यक्ष विनोद शाहीको नेतृत्वमा तोडफोड गरिएको बताइएको छ ।
स्याउ फर्मका लागि स्याउ जोन कार्यक्रम अन्तरगत रास्कोट नगरपालिकाको सिप्टी लेकमा सामुहिक र्फमका रुपमा विकास गर्न गठन गरिएको स्याउ फर्ममा विना जानकारी तोडफोड गरिएको बताइएको छ ।
स्याउ फर्मका सहयोगि नमराज महतारालाई हातपात गर्नुका साथै फर्मको घरबार र लगाइएका स्याउका विरुवा उखलेर फालेका छन । उनिहरुले केही जानकारी नदिएर फर्मको घरबारका साथै लगाइएका विरुवा उखलेर फाले किन गरेको भन्दा गुण्डा शैलिमा आफु माथि हातपातका गरेको सहयोगि नमराज महताराले बताएका छन । उनले आफैले लगाएका स्याउका विरुवा समेत निकालेर क्षतसवच्छेद गरेको बताए ।
यस सम्बन्धमा रास्कोट नगरपालिका वडा नं४का अध्यक्ष विनोद शाहीले आफुहरुको वडाको भुगोल भएको र आफुहरुलाई कुनैपनि जानकारी नदिइ वडा न. ७ का स्थानियले स्याउ फर्म संचालन गरेकाले आफुहरु सो कार्य गर्न बाध्य भएको बताएका छन ।
रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालका अनुसार उक्त कार्य राम्रो नभएको र सो का लागि दुवै पक्षलाई छलफलका लागि इलाका प्रहरी कार्यालयमा बोलाइएको बताउदै आवश्यक छानविन गर्ने बताउनु भएको छ ।
स्याउ फर्ममा भएको क्षतिका बारेमा इप्रका रास्कोटमा अहिले छलफल जारी रहेको छ ।
रास्कोट नगरपालिकामा स्याउ जोन कार्यक्रमका लागि कृषकलाई अनुदान देखि भण्डारणको काम गर्ने बताइएको छ ।
Discussion about this post