चापागाउँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गरेका छन ।
सभापति देउवाले बिहीबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका– ११ प्याङ्गाउँचौर, चापागाउँमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै देउवाले खेलको विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने आश्वासन दिए । चापागाउँमा खेलकुद विभागले ठूलो राशीका प्रतियोगिताको आयोजना गरेको भन्दै धन्यावाद समेत दिएका छन् ।
कार्यक्रममा सहभागी हुने क्रममा देउवालाई खेलाडी र स्थानीय सांकृतिक टोलीहरू झाँकीसहित भव्य रुपमा स्वागत गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङ संघले चैत २६, २७ र २८ गते तीन दिन प्रतियोगिता गर्नेछ । समापनको दिन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विजेता टिम र खेलाडीहरूलाई पुरस्कार वितरण गर्नेछन् ।
खेलकुद विभागका सचिव एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले सभापति देउवाले उद्घाटन गरेसँगै किक बक्सिङ प्रतियोगिता शुरु भएको बताए । बिहीबार पनि विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन प्रतियोगिताका संयोजक पनि हुन् ।
Discussion about this post