कालीकोट । पचालझरनामा शनिवार भएको आगलागि पिडितलाई पचालझरना गाउँ पालिकाबाट खाद्यन्न राहत वितरण गरिएको छ ।
पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले आगलागि पिडित परिवारलाई तत्कालका लागि खाद्यन्न वितरण गर्नु भएको हो ।
खानका लागि तत्कालका लागि खाद्यन्न व्यवस्थापन गरिएको र आइतवार लत्ता कपडाको व्यवस्थापन गरिने गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ ।
विपदमा परेका घरपरिवारलाई प्रति व्यक्ति एक प्याक चामल,तेल र दालको व्यवस्थापन गरिएको बताउदै पिडित घरपरिवारलाई कुनै पनि कमि हुन नदिने बताउदै अध्यक्ष सेजुवालले ६ जना परिवारका लागि गाउँ पालिकाले उचित व्यवस्थापन गर्ने बताउनु भएको छ ।
पचालझरना ८भुराबगरको खोलिबजारमा दिउसो आगलागि हुंदा ६ जनाको घर जलेर नष्ट भएको थियो ।
Discussion about this post