कालीकोट । जिल्ला प्रशासन कार्यालय कालीकोटले नयाँ भाडादर कायम गरेपछि यातायात व्यवसायिले विरोध गरेका छन ।
कालीकोट सदरमुकाम मान् देखि जुम्ला सम्मको भाडा दर कायम भएको छ । यस अघि जुम्ला सम्मको भाडादर ८ सय देखि १ हजार लिने गरिएको भएपनि नयाँ भाडादरमा जिपमा ४ सय ३४,मिनि वसमा ३ सय ५२ र यात्रुवाहक बसमा २७० कायम गरिएको छ ।
भाडादरमा जिपलाई प्रतिकिमी ५ दशमलव ३० पैशा तोकियको छ भने मिनि बसलाई प्रतिकिमि ४ दशमलव ३० पैशा र बसको भाडा ३ दशमलव ३० पैशा कायम भएको छ । कालीकोट देखि जुम्लाका विभिन्न स्थानमा भाडादर कायम भएको छ ।सो भाडादरले स्थानियहरुमा खुशि छाएको छ ।
उक्त भाडादरमा यातायात व्यवसायिहरुले समन्वय नगरी कायम गरेको भन्दै विरोध जनाएका हुन ।
सो भाडादरमा तलमाथि भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न १००मा कल गर्न समेत उल्लेख गरिएको छ ।
Discussion about this post